Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

बाँकेको नरैनापुरमा आगलागी हुँदा पाँच वटा घर जलेर नष्ट, अन्य पाँच घरमा क्षति


बाँके । बाँकेको राप्तीपारि क्षेत्रअन्तर्गत नरैनापुर गाउँपालिकामा आगलागी हुँदा १० वटा घर जलेका छन् ।

आगलागीबाट २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ । हिजो बेलुका नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा आगलागी हुँदा पाँच वटा घर जलेर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।

उहाँका अनुसार दुई वटा घरमा आंशिक क्षति पुगेको छ । यसैगरी, नरैनापुर गाउँपालिका–३ को जनतापुरमा आगलागी हुँदा तीन घर र एक गोठमा क्षति पुगेको छ । त्यहाँ झण्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासबाट आगो निभाइएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट