Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

पदम लिम्बूको शवयात्रका क्रममा विराटनगरमा झडप


काठमाडौं । प्रदेश १ को नाम कोशी राखेको विरोधमा भएको आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बूको शवयात्राका क्रममा विराटनगरमा झडप भएको छ ।

आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । झडपमा नेपाल प्रहरीका तीन जना, सशस्त्र प्रहरी बलका तीन जना गरी ६ जना सुरक्षाकर्मी र ६ जना आन्दोलनकारी घाइते भएको पोखरेलले जानकारी दिए ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८१ राउन्ड अश्रुग्याँस प्रहार गरेको एसपी पोखरेलले बताए । झडप सुरु हुनुअगाडि आन्दोलनकारीका तर्फबाट पेट्रोल बम प्रहार गरेको प्रहरीको दावी छ । पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा गरेको वृहत प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।

झडपमा घाइते भएका लिम्बूको उपचारको क्रममा चैत १० गते ज्यान गएको हो । लिम्बूलाई संघीय सरकारले सहिद घोषणा गर्ने र उनको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ भने कोशी प्रदेश सरकारले पनि लिम्बूको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ ।

 


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट