Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु


काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार १४८ जनाको नमूना परीक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५० जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या तीन सय ८३ जना पुगेको छ ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट