वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको अवसरमा पाटनमा रक्तदान कार्यक्रम हुँदै

काठमाण्डाै । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको अवसरमा आज ललितपुरको पाटनमा रक्तदान कार्यक्रम हुँदैछ । पाटन दरबार क्षेत्र मंगलबजारमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रम हुन लागेको हो ।
ललितपुर महानगरपालिका वडा नम्बर १६, रोटरी क्लब अफ यला र नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा ललितपुरको आयोजनामा रक्तदान कार्यक्रम हुन लागेको हो । कार्यक्रमका लागि रेडियो अडियो र लाइन्स क्लब अफ काठमाण्डौ लगायतका संस्थाले सहयोग गरेका छन् ।
अग्रज हास्य कलाकार मदनकृष्ण श्रेष्ठ वि.सं २००७ सालको वैशाख ७ गते काठमाण्डौमा जन्मिएका हुन् । श्रेष्ठले खोलावारि खोलापारि पिपलु र बर, अरबौँ मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छेलगायत धेरै गीत गाएका छन् । उनले नेपाल भाषा पनि गीत गाउनु भएको छ । उहाँ र कलाकार हरिवंश आचार्यको जोडीलाई मह जोडी भनेर पनि चिनिन्छ ।
मह जोडीले टेलिशृङ्खला, स्टेज कार्यक्रम तथा चलचित्रमार्फत् सामाजिक चेतना जगाउने काम गर्दै आउनु भएको छ । यो जोडीको दशैँ, १५ गते, हरिबहादुर मदनबहादुरलगायत टेलिशृङ्खला, लोकप्रिय छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया