Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

भक्तपुरको यातायात व्यवस्था कार्यालयबाट बिहानको सेवा सुरु


भक्तपुर, १० वैशाख । सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा दिँदै आएको भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयले बिहान ८ः३० बजेदेखि सेवा सुरु गरेको छ । आइतबार बागमती प्रदेश सरकारका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाले बिहानी सेवाको उद्घाटन गरेका हुन् ।

सवारी चालक अनुमति पत्रको लिखित परीक्षा बिहान ७ बजेदेखि सञ्चालन गर्ने र अन्य पाँच प्रकारका सेवा बिहान ८ः३० बजे सुरु गर्ने गरी बिहानी सेवाको उद्घाटन गरिएको हो ।

मुख्य सचिव र कार्यालय प्रमुख शिवकुमार निरौलाले विभिन्न सेवा लिन आएका पहिलो सेवाग्राही रोनिका मास्के, सृष्टि श्रेष्ठ, अनीश श्रेष्ठ र सरिष्मा गुभाजुलाई कार्यालयमा माला र टीकाले स्वागत गर्दै बिहानी सेवा शुभारम्भ भएको घोषणा गरे ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाले अतिरिक्त तलब सुविधा विना नै बिहानी सेवा सुरु गरेकोमा कार्यालय प्रमुख र कर्मचारीहरूको प्रशंसा गरे ।

बिहानी सेवाका लागि १७ जना कर्मचारी व्यवस्थापन गरिएको कार्यालयका सूचना अधिकारी गोविन्दराज सिवाकोटीले जनाए । करिब ४० जना कर्मचारी कार्यरत भक्तपुरको राधेराधेस्थित कार्यालयले नयाँ सवारी चालक अनुमति पत्रका लागि मात्र दैनिक ७५० सहित अन्य सेवामा गरी दैनिक करिब तीन हजार सेवाग्राहीलाई सेवा दिँदै आएको सिवाकोटीले जानकारी गराए।

 

 


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट