Techie IT
  • ५ असार २०८१, मंगलबार
Jhilko

जीवहरू लोप हुनबाट रोक्ने समय घर्किँदै


वैज्ञानिकहरूले जीवहरू लोप हुनबाट रोक्ने समय घर्किँदै गरेको चेतावनी दिएका छन् । एउटा अध्ययनले प्रकृतिमा रहेका जीव तथा वनस्पतिहरूको सङ्ख्या घट्न नदिने महत्त्वाकाङ्क्षी लक्ष्य काबुबाहिर पुगेको देखाएको भन्दै वैज्ञानिकहरूले तत्कालै कदम नचाले जीवहरू लोप हुनबाट जोगाउने प्रयासका लागि लामो समय लाग्ने वा विश्वव्यापी जैविक विविधताको लक्ष्य पहुँचभन्दा बाहिर पुग्न सक्ने चेतावनी दिएका बीबीसीले जनाएको छ ।

जलवायु परिवर्तनको असर र जीवहरूको वासस्थान क्षेत्र गुम्ने विषयलाई कम आकलन गरिएको वैज्ञानिकहरूको भनाइ छ । रोयल सोसाइटी जर्नलमा प्रकाशित भएको अध्ययनले छ सयभन्दा धेरै प्रजातिका चरा र स्तनधारीहरूको जनसङ्ख्याको प्रवृत्तिबारे विश्लेषण गरेको छ । अध्ययनले मानव इतिहास सुरू भएयता नै सबैभन्दा धेरै बोटबिरुवा र जनावरहरू लोप हुने विन्दु आइपुगेको देखाएको छ ।

वैज्ञानिकहरूले नमुनाका रूपमा अघि सारिएका विगतका कार्यहरूले दशकौँको अवधिमा हुनसक्ने जलवायु परिवर्तन र वासस्थान क्षेत्रको असरलाई बेवास्ता गरेको पत्ता लगाएको बताएका छन् ।

 


क्याटेगोरी : विज्ञान, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट