Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

उपनिर्वाचन : मतपेटिका राति ११ बजेभित्र मतगणनास्थल पुर्‍याइने


काठमाडौं । तीन वटा क्षेत्रमा भएको उपनिर्वाचनको मतपेटिका मतगणनास्थलसम्म पुर्‍याउने काम जारी छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आज बेलुकी ११ बजेभित्र तीन वटै क्षेत्रका मतपेटिकाहरू मतगणनास्थलमा पुर्‍याउने तयारी छ।

बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १मा उपनिर्वाचन सम्पन्न भएको हो। यी क्षेत्र समग्रमा करिब ६० प्रतिशत मतदान भएको आयोगले जनाएको छ।

बारामा ६४ प्रतिशत, चितवनमा ६३ र तनहुँमा ५३ प्रतिशत मतदान भएको छ। गत मंसिर ४ गते भएको निर्वाचनमा बारामा ६३।५४ प्रतिशत, चितवनमा ६७.६३ प्रतिशत र तनहुँमा ५४.०३ प्रतिशत मत खसेको थियो।

तीन वटा क्षेत्रमा ३ लाख ५३ हजार २४७ मतदाता छन्।

मतदान सकिएपछि बारामा रहेको मतगणनास्थल शिक्षा तालिम केन्द्र कलैयामा साँझ ८ बजेभित्र, चितवनमा उद्योग वाणिज्य संघको हल, भरतपुरमा राति १० बजेभित्र र तनहुँमा जिल्ला समन्वय समिति परिसर दमौलीमा राति ११ बजेभित्र ढुवानी भइसक्ने आयोगले जनाएको छ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट