Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

सरकारलाई एसियाली विकास बैंकको सहयोग निरन्तर रहने


काठमाडौं । सरकारलाई एसियाली विकास बैंक(एडीबी)को सहयोग निरन्तर रहने बैंकका नेपालस्थित एक उच्च अधिकारीले जनाएका छन् । एडीबीका नेपाल निर्देशक अर्नौड कौकोइस यस्तो जनाएका हुन् ।

निर्देशक कोकोइस नेतृत्वको एक प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा .मिनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ । सो भेटमा एडीबीले सरकारलाई सहयोग निरन्तरता कायम राख्ने बताएको उपाध्यक्ष श्रेष्ठले बताए ।

भेटवार्तामा आयोगकातर्फबाट उपाध्यक्षश्रेष्ठ र सचिव केवल प्रसाद भण्डारी थिए भने एडीबीका तर्फबाट कन्ट्री डाइरेक्टर कौकोइस, प्रमुख अर्थशास्त्री जानहानसेन, वरिष्ठ कार्यक्रमअधिकृत अञ्जन पाण्डे र कार्यक्रम विश्लेषक सृजना राजभण्डारी सहभागी भएको आयोगले जनाएको हो ।

उपाध्यक्ष श्रेष्ठले नेपालमा उत्पादनमूलक र रोजगारी सिर्जनाहुने परियोजनाहरुमा लगानी आवश्यक रहेको र त्यस्ता परियोजनामा एडीबीलाई लगानी गर्न आग्रह गरेका थिए ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट