Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

शिक्षकहरुलाई कुटपिट गरेको आरोपमा बाराको प्रसौनि गाउँपालिकाका वडाअध्क्ष बृजकिशोर कुशवाहा पक्राउ


वीरगन्ज, १२ वैशाख । बाराको प्रसौनि गाउँपालिका ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ।

वडा अध्यक्ष कुशवाहाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेलहियाको शिक्षकहरूलाई कुटपिट गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ। बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले राष्ट्रिय माध्यमिक विद्यालय बेलहियाका शिक्षकलाई हातपात गरेको आरोपमा छानबिनका लागि वडा अध्यक्ष कुशवाहालाई नियन्त्रणमा लिएको बताए।

विद्यालयका प्रधानाध्यापक पवन कुमार सिंहले मंगलबार बिहान मदिरा सेवन गरी विद्यालयमा आएका वडाध्यक्ष कुशवाहाले आफूसहितका शिक्षकहरूलाई गालीगलौज गर्दै हातपात गर्ने कोसिस पनि गरेको बताए । सिंहका अनुसार मंगलबार बिहान विद्यार्थी भर्ना अभियानका लागि टोलमा सचेतनामुलक रयाली निकाल्न शिक्षकहरूले विद्यार्थीहरूलाई विद्यालयमा लाइन लगाइरहेका थिए।

त्यहिबेला आएका कुशवाहाले मदिराको नसामा गाली गर्दै हातपात गर्न खोजेपछि प्रहरीलाई खबर गरेको र प्रहरीले उनलाई पक्रेर लगेको प्रअ सिंहले बताए।


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट