Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

बेलायतले अफगानिस्तानको दूतावासमा कार्यरत एक सयभन्दा धेरै नेपाली सुरक्षागार्डलाई देश निकाला गरेको खुलासा


काठमाडौं, १३ वैशाख । बेलायतले अफगानिस्तानको काबुलमा रहेको बेलायती दूतावासमा काम गरेका एक सयभन्दा धेरै नेपाली सुरक्षागार्डलाई गोप्य तरिकाले देशबाट निकाला ‘डिपोर्ट’ गरेर नेपाल पठाइएको खुलासा भएको छ ।

काबुलमा रहेको बेलायती दूतावासका कर्मचारीको सुरक्षामा खटिएका ती नेपाली गार्डलाई बेलायत बस्ने इच्छाविपरीत जबर्जस्ती निकाला गरिएको बेलायती अखबार द गार्डियनले उल्लेख गरेको छ । तालिबान सत्तामा आएपछि बेलायतसहित पश्चिमा देशहरुले सन् २०२१ अगस्टमा काबुलबाट हजारौँको सङ्ख्यामा उद्धार गरेका थिए । बेलायतको रोयल एयर फोर्स (आरएएफ) ले पनि आफ्नो दूतावासमा कार्यरत नेपाली तथा भारतीयसहित झण्डै २४ हजार ५ सय नागरिकको उद्धार गरेको थियो ।

अन–अराइभल ६ महिना भिसा हुँदा समेत बेलायतले उनीहरूलाई उद्धार गरेलगत्तै देश निकाला गरेको खबरमा उल्लेख छ । ती सुरक्षा गार्डहरुलाई बेलायतको नर्थ हयाम्प्टन, रेडिङ, अक्सफोर्ड र स्वपन्डनका होटेलमा १० दिन क्वरेन्टिन पनि नसकिँदै डिपोर्ट गरेको पाइएको छ ।

बेलायती गृह मन्त्रालयका प्रवक्ताले जोखिममा रहेका मानिसको उद्धार गर्न सरकार कटिबद्ध रहेको र त्यही मान्यताअनुरूप झन्डै २५ हजारलाई बेलायत ल्याइएको दाबी गरेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, प्रवास, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट