Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

महावीर पुनले माइतीघर मण्डलामा आन्दोलन सुरु गरे


काठमाण्डौं, १५ वैशाख । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा सरकार गम्भीर नभएको भन्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आन्दोलन सुरु गरेका छन् । पुनले शुक्रवार आजदेखि काठमाण्डौको माइतीघर मण्डलामा विभिन्न माग राख्दै अनिश्चित कालका लागि आन्दोलन सुरु गरेका हुन् ।

उनले सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरुको लागि केही नगरेकाले दबाब स्वरुप आन्दोलन गर्नु परेको बताए । पुनले नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको उल्लेख गरे। उनले नयाँ विषयहरुको आविष्कार गर्ने, नयाँ प्रवर्द्धन गर्ने काम गर्न नसके देशको अर्थतन्त्रलाई सुधार गर्न नसकिने भन्दै अर्थतन्त्र सधार हुन नसक्दा नेपाली युवाहरु विदेश जान बाध्य हुने बताए ।

उनले अर्थतन्त्र सुधारको लागि सरकारको प्रमुख प्राथमिकताकासाथ अनुसन्धान,आविष्कार र नवप्रवर्तन क्षेत्रमा लगानी गर्नुपर्ने बताए। उनले नेपालमा सरकारले त्यो विषयमा प्राथमिकता नदिएकाले अर्थतन्त्र सुधार नहुँदा दुःख पाएको बताए। उनले सरकारले अब नेपालमा नै प्रतिभा भएका युवाहरुलाई अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा काम गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।

उनले यो क्षेत्रको विकासको लागि १० वर्षसम्म सरकारका सबै मन्त्रालयहरुमा पुगे सबै मन्त्री र नेताहरुसँग भेट्दा समेत केही गर्न नसकिएको बताए । उनले पछिल्लो पाँच वर्ष राष्ट्रिय आविष्कार केन्द्र खोलेर काम गर्दा समेत सरकारले नदेखेको आरोप लगाए ।

उनले भने,‘ नेपालका प्रतिभा भएका विद्यार्थी तथा भावि सन्ततिहरुको लागि आन्दोलन गर्नुपरेको हो । नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेका छौं । यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको हो । हामीले नयाँ विषयहरुको आविष्कार गर्ने,नयाँ प्रवर्द्धन गर्ने काम गरिएन भने देशको अर्थतन्त्रलाई सुधार गर्न सक्दैनौं ।ु

उनले आन्दोलनमा अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्न, अनुसन्धान र नवप्रवर्तनको लागि हरेक वर्ष विकास बजेटको एक प्रतिशत रकम छुट्याउन माग गरे। उनले प्रतिभाशाली सन्ततिहरुलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने बताए । उनले अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सन्चालन तथा खरिद ऐन बनाउन आग्रह गरे ।

उनले स्टार्टअपहरुलाई प्रोत्साहन गर्ने कानुन बनाउन, नवउद्यमीहरुलाई हतोत्साह नगर्न, उद्यमशीलताको विकास गर्न नव उद्यमी पहिचान र प्रवर्द्धन समिति बनाउन र व्यावहारिक अनुसन्धान लाई प्रवर्द्धन गर्न व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्न माग गरे। उनले यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने व्यवस्था तत्काल गर्न माग गरे । उनले पुरानो गाडीहरुलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति माग समेत गरेका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट