Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको छः प्रधानमन्त्री प्रचण्ड


काठमाण्डौं, १५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन्।

शुक्रवार काठमाण्डौमा चीन सरकारले निर्माण गरेको निजामती कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन र पुरानो भवनको पुनर्निर्माणसहितको हस्तान्तरण समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले विशेषगरी स्वास्थ्य क्षेत्रमा नेपालले नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, स्वास्थ्य सुविधाहरूमा सुधार गर्न, स्वास्थ्य पूर्वाधारको विस्तार गर्न, अस्पतालहरूलाई आधुनिक र अत्यधुनिक सुविधाहरू प्रदान गर्न चीनसँग थप सहकार्य गर्ने बताए ।

उनले डाक्टरहरू र स्वास्थ्यकर्मीहरूलाई ज्ञान, सिप,अस्पताल र स्वास्थ्य सुविधाहरूलाई आवश्यक पर्ने प्रविधिको सहयोगको आवश्यकता रहेको बताए । प्रधानमन्त्री प्रचण्डले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग मित्रवत् र असल छिमेकी सम्बन्धको विशेषता भएको उल्लेख गरे ।

उनले विकास पूर्वाधारहरू सिर्जना गर्न, कनेक्टिभिटी बढाउन, मानव संसाधनको विकास गर्न र अन्य मानिसहरूको जीविकोपार्जनलाई समर्थन गर्न चीन सरकारको धेरै सहयोगको आवश्यकता रहेको बताए। प्रचण्डले नेपालका स्वास्थ्य पूर्वाधारहरू सिर्जना गर्न, अस्पतालहरूलाई उपकरण र चिकित्सा आपूर्तिमा चीनको समर्थन सह्रानीय रहेको भन्दै प्रशंसा गरे ।

प्रधानमन्त्री प्रचण्डले चीनका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गरेका डाक्टरहरुले निजामति कर्मचारी अस्पतालमा राम्रो काम गरिरहेको बताए ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट