Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

एसीसी प्रिमियर कप क्रिकेटः नेपालले कुवेतलाई २ सय ८१ रनको लक्ष्य दियो


काठमाण्डौं, १६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिएको छ । त्रिवी क्रिकेट मैदानमा पानी परेर ४२ ओभरमा झारिएको खेलमा नेपालले ९ विकेट गुमाएर २ सय ८० रन बनाएपछि कुवेतले २ सय ८१ रनको लक्ष्य पाएको हो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ९४ रन बनाए । यस्तै, कुशल मल्लले ५७, कुशल भुर्तेलले ४३, आशिफ शेखले ३१, आरिफ शेखले १९ र सन्दीप लामिछानेले ५ रन बनाए । यस्तै सोमपाल कामीले १२, ललित राजवंशीले २, भीम शार्की १ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले खाता खोल्न पनि सकेनन् ।

कुवेतका मोहम्मद अस्लाम र अदान इद्रिसले २र२ विकेट लिए । नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पानी परेर केहिबेर रोकिएको खेल फेरि सुरु भएको थियो । अब दुवै टोलीले ४२र४२ ओभरको खेल खेल्नेछन् ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #cricket

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट