Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

अयोग्य लडाकूलाई आर्थिक सहयोग दिने पहिलेकै निर्णय हो, अहिले बखेडा झिक्न हुँदैन: मन्त्री शर्मा


दाङ, १६ वैशाख । माओवादीका अयोग्य लडाकूलाई आर्थिक सहयोग दिनेबारे विरोध भइरहँदा सरकारको प्रवक्ता रेखा शर्माले त्यो निर्णय पहिलेकै भएको बताएकी छन्।

नेकपा माओवादी केन्द्र दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार शान्ति नगर गाउँपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेकी शर्माले पहिलेको निर्णयमा अहिले बखेडा झिक्न नहुने बताइन्।

‘अयोग्य लडाकूलाई आर्थिक सहयोग गर्ने कुरा पहिलेको भएको हुँदा अहिले त्यसको विरोध गर्दै गिजोल्न खोज्नु गलत हुनेछ’, कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्।

गत चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० नेतृत्वको सरकारले अयोग्य माओवादी लडाकूहरूलाई जनही दुई लाख रूपैयाँ दिने निर्णय गरेको थियो। जसको माओवादीबाट समर्थन हुँदै आएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्ता साझेदार नेपाली कांग्रेसले विरोध गर्दै आएका छन्।

फरक प्रसंगमा उनले यो वर्ष विद्यालयको पठनपाठन सुरू हुनुभन्दा पहिले नै हात(हातमा पुस्तक पुगेको भन्दै सरकारी कामको प्रशंसा गरेकी थिइन्। त्यस्तै, दाङमा विमानस्थल निर्माण गर्ने सवालमा चर्को राजनीति भइरहेको भन्दै त्यो रोकिनु पर्ने बताएकी थिइन्।

मन्त्री शर्माले तुलसीपुरको टरिगाउँ विमानस्थललाई पहिलो प्राथमिकता राखेर विस्तारको प्रयास हुने र त्यसो गर्दा प्राविधिक कठिनाइ उत्पन्न भएमा जिल्लाभित्रै अन्य ठाउँमा विकल्प खोजेर भए पनि विमानस्थल बनाउन आवश्यक रहेको बताइन्।

घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरू भएको हुँदा अब स्नातक तहका कक्षाहरू सुरू गर्न तयारी गरिएको उनले जानकारी दिइन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #rekha sharma

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट