Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सांसदहरूले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने महावीर पुनको चेतावनी


काडमाडौं, १६ वैशाख । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरूले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन्।

शुक्रबारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन शुरु गरेका उनले नेताहरूले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन्।

उनले सांसदहरूले खादा,माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानून बनाउन समय नमिल्ने हो ? भन्ने प्रश्न गर्दै सांसदहरूले कानून बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको उनको भनाइ थियो। उनले अरु हेर्ने विभाग भएपनि अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने विभाग नभएको भन्दै उनले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताए।

सबै नेताहरू आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसदमा आफूलाई बोल्ने व्यवस्था गरिदिन उनले आग्रह गरे। नेताहरूले बोलेर मात्रै नहुने भन्दै बोलेर कदम चाल्ने नेताको खाँचो रहेको उल्लेख उनले गरेका थिए।

पुनले आफ्नो आन्दोलन सबै सानातिना आन्दोलनहरू पूरा गर्नको लागि अर्थतन्त्र सुधार्ने जन आन्दोलन भएको बताए। नवप्रवर्द्धन र आविष्कारको क्षेत्रमा लगानी नगरी अर्थतन्त्र चलायमान बन्न नसक्ने उनको भनाइ थियो।


क्याटेगोरी : विज्ञान, समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट