Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना


काठमाडौं । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार आज पहाडीसहित तराईका जिल्लामा दिउँसो पछि हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।

काठमाडौंमा दिउँसो ११/१२ बजेपछि पानी पर्ने सम्भावना देखिएको मौसमविद् झाले बताए । आज तराईका जिल्लामा हावाहुरीसमेत चल्ने उनले बताए । दुई दिनयता देशका धेरै ठाउँमा वर्षा भइरहेको छ।

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भइ पानी परेको हो । यो क्रम पर्सि बुधवारसम्म नै रहने अनुमान गरिएको छ । भरे बेलुका फेरि पश्चिमी क्षेत्रबाट अर्को प्रणाली भित्रने सम्भावना रहेकाले पर्सिसम्म नै मौसम बदली भइ धेरै ठाउँमा पानी पर्ने मौसमविद् गोविन्द झाले जानकारी दिए ।

पानी पर्न थालेसँगै अधिकतम तापक्रम केही घटेको छ । यसले तराईका जिल्लामा गर्मी कम भएको छ । काठमाडौंमा भने चिसो छ । प्रि–मनसुनको समयमा कतिपय ठाउँमा भारी वर्षासमेत हुने गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट