Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

गिट्टीको थुप्रोमा मान्छेको टाउको भेटियो


बैतडी, १८ वैशाख । बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ। पाटन नगरपालिका–६ स्थित पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा आज दिउँसो मान्छेको टाउको भेटिएको हो।

गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परेको हो। त्यस ठाउँमा टाउकोमा कपाल समेत रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए। उनले भने, ‘टाउको भेटिए पनि महिला वा पुरुष कसको हो भन्ने चिन्न नसकिने अवस्थामा छ।’

गिट्टी कुन ठाउँबाट ल्याइएको हो भन्ने खुल्न नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट