Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

२४ घण्टामा १९ जनामा कोरोना सङ्क्रमण


काठमाडौं । पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीन सय ७५ जनाको नमुना परीक्षण गर्दा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ६४ जना कोरोना सङ्क्रमित निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय ८३ जना छ ।

यस्तै पछिल्लो २४ घण्टामा २९ हजार तीन सय ९९ जनाको कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट