Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपाली क्रिकेट खेलाडीलाई राष्ट्रपतिको बधाई


काठमाडौं, १९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट खेलाडीलाई बधाई दिएका छन्।

एसिया कप क्रिकेटमा छनौट भएकोमा राष्ट्रपति पौडेलले खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाई दिएका हुन्। बधाई सन्देशमा राष्ट्रपति पौडेलले नेपाली खेलाडीले देखाएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको मुक्तकण्ठले प्रशंसा गरेका छन्।

उनले आगामी प्रतियोगिताका लागि पनि शुभकामना दिएका छन्। एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा मंगलबार युएईलाई सात विकेटले पराजित गर्दै नेपाल एसिया कपमा छनौट भएको छ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट