Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

दार्चुलाको हिमपहिरोमा परेर सम्पर्कविहीन भएका तीन जनाको शव भेटियो


दार्चुला, २० वैशाख । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परेर सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव आज बुधवार फेला पारेको छ ।

हिजो मङ्गलवारदेखि हिमपहिरोमा परेर सम्पर्कविहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँच जना सम्पर्कविहीन थिए ।

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट झन्डै अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर तीन जनाको शव भेटिएको जानकारी दिए । ‘शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र हाम्रो टोली घटनास्थल पुगिसकेको छ’, उनले भने ‘शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन ।’

हिजो दिउँसोदेखि सशस्त्रको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो । ‘हिजो पनि राति साढे ९ बजेसम्म खोजीमा जुट्यौँ’ उनले भने, ‘आज पनि बिहानदेखि टोली खटिएको छ ।’ उहाँका अनुसार यस क्षेत्रमा यार्सा सङ्कलकहरू त्रिपालमा बसिरहेका थिए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #breaking, #death, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट