Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

पृथ्वीराजमार्ग चार घन्टापछि पुनः सञ्चालनमा


तनहुँ, २० वैशाख । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध भएको सडक चार घन्टापछि पुनः सञ्चालनमा आएको छ ।

अवरुद्ध भएको सडक झण्डै ६ घण्टापछि दिउँसो ३ बजेबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
डुम्रे तर्फबाट मुग्लिनतर्फ जादै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भएर सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किन पुग्दा आठ जना घाइते भएका थिए । घाइतेमध्ये तीन जनाको मृत्यु भएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजनमा बसेको घाइतेका आफन्त, प्रहरी र जनप्रतिनिधिको बैठकले घाइतेलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सहमतिपश्चात् राजमार्ग सञ्चालन भएको हो ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट