Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

तनहुँमा ट्रक पल्टिएर घरमा ठोकिँदा ३ जनाको मृत्यु, ५ जना घाइते


काठमाडौं । तनहुँमा ट्रक पल्टिएर घरमा ठोकिँदा तीन जनाको ज्यान गएको छ । घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

आज बुधवार बिहान बन्दीपुर गाउँपालिका–५ आँधीखोलामा रहेको पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिन जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोकिएको थियो । दुर्घटनामा आठ जना घाइते भएका र सबैलाई उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा तीन जनाको उपचारको क्रममा ज्यान गएकोे प्रहरीले जनाएको छ । दुर्घटनामा बन्दीपुर गाउँपालिका–१ बस्ने आयुस भुजेल, चेतबहादुर घर्ती र सनबहादुर भुजेलको ज्यान गएका हो । पाँच जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच दुर्घटनापछि बन्द भएको सडक पुनः सञ्चालनमा आएको छ । आज बिहान १० बजेदेखि बन्द रहेको याम्पा–आँबुखैरेनी सडक खण्ड दिउँसोदेखि सञ्चालन भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजनमा बसेको घाइतेका आफन्त, प्रहरी र जनप्रतिनिधिको बैठकले घाइतेलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सहमतिपछि सडक सञ्चालन भएको हो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट