Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गिट्टीको थुप्रोमा भेटिएको टाउकाको अझै पहिचान भएन


बैतडी, २२ वैशाख । पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन । गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेटिएको थियो ।

टाउको परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ । तर, अझै रिपोर्ट नआएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । सुर्नया गाउँपालिकाको बाचपानीबाट ल्याएको गिट्टीमा मानिसको टाउको भेटिएको थियो । उनले भने, “टाउको फेला परेपछि कसको हो भनेर पहिचान गर्न अस्पताल पठाएका छौँ । अस्पतालको रिपोर्टपछि सबै कुरा खुल्छ ।”

टाउकोको डीएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइने प्रहरी निरीक्षक जोशीले बताए । उनले भने, “अस्पतालको रिपोर्ट आएपछि टाउकोको नमूना संकलन गर्ने र परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउँछौँ ।”

घट्नाबारे अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गिट्टी ल्याइएको भनिएको बाचपानी क्षेत्रमा अनुसन्धानलाई केन्द्रित रहेको प्रहरी निरीक्षक जोशीले बताए । उनले भने, “बाचपानी वरपरका क्षेत्रका कुनै मानिस हराएका थिए कि भनेर सोधपुछ भइरहेको छ । गिट्टी ल्याएको स्थानमा शरीरको अन्य भाग पनि मिल्छ कि भनेर खोज्दै छौँ ।”


क्याटेगोरी : जनमञ्च, समाचार, सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट