Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आउँदो बजेटमा खर्च कटौती गर्न, नयाँ आयोजना नथप्न पूर्वअर्थमन्त्रीहरूको सुझाव


काठमाडौं । पूर्वअर्थमन्त्रीहरूले आउँदो बजेटमा खर्च कटौती गर्न, नयाँ आयोजनाहरू नथप्न सुझाव दिएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीका लागि आज शुक्रवार पूर्वअर्थमन्त्रीहरूसँग गरेको छलफलमा उनीहरूले व्यावहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजनाहरू थप नगर्न सुझाव दिएका हुन् ।

छलफलमा पूर्वअर्थमन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशचन्द्र लोहनी, डा. युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी थिए।

छलफलका क्रममा अर्थमन्त्री डा. महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफू प्रयासरत रहेको र यसका लागि सबैबाट सहयोगको अपेक्षा गरेको बताएका छन्। उनले पूर्वानुमानको तुलनामा धेरै कम राजस्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनाहरूलाई मात्र बजेट छुट्याउने र निजी क्षेत्रको आत्मविश्वास बढाउन आफू लागिपरेको जानकारी गराए ।

साथै अर्थमन्त्री महतले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनाहरूलाई प्राथमिकता दिने बताए ।

 


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट