Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

सिन्धुपाल्चोकको हेलम्बुमा ट्रक पल्टिँदा एक जनाको मृत्यु, चार जना घाइते


काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

गएराति साढे ८ बजे बा ४ ख ५३८२ नम्बरको ट्रक हेलम्बु गाउँपालिका २ ढोडेनीमा पल्टिँदा ३० वर्षकी पेमा तामाङको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घाइते दुई जनाको काभ्रेको धुलिखेल अस्पतालमा र दुई जनाको मेलम्ची नगर अस्पतालमा उपचार भइरहेको छ ।

ट्रकका चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट