Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

टोप बहादुरलासँग पल्ला झार्ने उपाय खोज्दै एमाले


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीसँग पल्ला झार्ने उपाय एमालेले खोज्नु पर्ने दबाब बढ्दै गएको छ ।

पूर्व एमाले संगठनको विरासत बोकेका पार्टी कार्यकर्ताहरूले रायमाझीलाई पार्टीबाट निलम्बन गर्नुपर्ने दबाब दिइरहेका छन् । अधिकांश एमाले नेता कार्यकर्ताले रायमाझीले गल्ती नगरेको भए नभाग्ने निष्कर्ष समेत तर्क प्रस्तुत गरी पार्टी भित्र लबिङ गरिरहेका छन् ।

हालै राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाका प्रसाद श्रेष्ठलाई पदबाट हटाउने निर्णय गरिसकेका कारण पार्टीमा भ्रष्टाचारमा गन्हाएकाहरूलाई पनि यही मेसोमा तह लगाउनु पर्ने गतिविधि तीव्र भएको पार्टी निकटका नेताहरूले बताइरहेका छन् ।

उनीहरुले भुटानी शरणार्थी प्रकरणमा जोडिएका नेता रायमाझीले अदालत वा प्रशासनमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्नुपर्नेमा त्यसो नगरी फरार भएकोमा रायमाझीजस्तालाई कारबाही गर्न माग सामाजिक सञ्जालहरूमा उठाउन थालेका हुन् ।

ओली प्रधानमन्त्री रहेका बेला उनको क्याबिनेटमा मन्त्री रहेका पूर्व माओवादी नेता रायमाझीसमेत नकली भुटानी शरणार्थी बनाउने गतिविधिमा संलग्नहरू पक्राउ परे पनि राझमाझी फरार रहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा प्रधानमन्त्री प्रचण्डसँग भेटेर जानकारी लिएर दोषी भए कारबाही गर्न निर्दोष भए फसाउन नहुने भनेका थिए ।

साथै ओलीले रायमाझी आफ्नो सम्पर्कमा रहेको बताएको भोलि पल्ट रायमाझी आफ्नो सम्पर्कमा नरहेको जनाएका थिए ।

त्यसयता पूर्व एमाले नेता कार्यकर्ताहरूले रायमाझी जस्तालाई पार्टीबाट कारबाही हुन पर्ने माग अगाडि सार्नुलाई कतिपय विश्लेषकहरूले गम्भीर संकेतको रूपमा लिएका छन् ।

ओलीसँगको भेटपछि पत्रकारहरूले नकली भुटानी शरणार्थी सम्बन्धी प्रकरणमा दबाबमा पर्नु हुन्छ कि भनी सोधिएको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू दबाबमा नपर्ने नरहेको जनाएका थिए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट