Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रहरीद्वारा पूर्वमन्त्री एमाले सचिव टोपबहादुरको राजधानीस्थित निवासमा खानतलासी


काठमाडौं । प्रहरीले नकली भुटानी शरणार्थी बनाउने गतिविधिमा मुछिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको निवासमा खानतलासी गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको एक टोलीले रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गरेको प्रहरी अधिकारीले जनाएको हो ।

पक्राउ पुर्जी जारी गरिएपनि उनी हालसम्म फेला पर्न सकेका छैनन् । प्रहरीले खोजी गर्ने क्रममा रायमाझीको निवासमा खानतलासी गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी दानबहादुर कार्कीले अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझीको निवासमा खानतलासी लिइएको जानकारी सार्वजनिक गरेका हुन् ।

निवासमा खानतलासी गरिएपनि रायमाझी भने फेला नपरेको उनको भनाइ छ । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि अर्घाखाँची हुँदै भैरहवासम्म आइपुगेका उनी त्यहाँबाट भने सम्पर्कविहीन बनेका छन् ।

रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० मा वारेन्ट जारी भएको थियो ।

नकली भुटानी शरणार्थी बनाउने प्रकरणमा हालसम्म ८ जना पक्राउ परिसकेका छन् भने कांग्रेसका केही नेता समेत मुछिएका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट