Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

थप ५१ जनामा कोरोना सङ्क्रमण


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी एक हजार नौ सय दुई जनाको नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २६ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४७ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२ हजार एक सय २१ जनाको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट