Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

कमल थापाले पार्टीको नाम राप्रपा फेर्ने योजनामा


काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले नाम र चुनाव चिह्न परिवर्तन गर्ने भएको छ ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाले आगामी केन्द्रीय समिति बैठकमा पार्टीको नाम, चुनाव चिह्न , सैद्धान्तिक वैचारिक पक्ष र भावी रणनीतिका विषयमा खुलेर छलफल हुने जानकारी सार्वजनिक गरेका हुन् ।

राप्रपा नेपालले आगामी जेठ ९ र १० गते जिल्ला अध्यक्ष सहित केन्द्रीय कार्य समितिको बैठक काठमाडौं बोलाएको छ ।

सो बैठकका लागि सचिवालयको बैठकले एजेन्डाहरू तय गरेको छ । पार्टी अध्यक्ष कमल थापाले बैठकमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यसैगरी पार्टीका अन्य जिम्मेवार नेताहरूले महामन्त्रीहरू भास्कर भद्राले सचिवालय , सुशील श्रेष्ठले प्रशिक्षण, बर्तौलाले संगठन सम्बन्धि र केशब श्रेष्ठले स्मार्ट पार्टी निर्माण सम्बन्धि प्रतिवेदन पेस गर्ने भएका छन् ।

यसैगरी कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पेस गर्नेछन् ।

बैठकमा प्रदेश अध्यक्षहरूले प्रदेशको प्रतिवेदन प्रस्तुत गरिने कार्यतालिका तय गरिएको छ ।

जनवर्गीय संगठन प्रमुखहरूद्वारा ६ महिने कार्य योजना प्रस्तुत गरिनेछ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट