Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अब ट्वीटरबाटै भ्वाइस र भिडियो कल गर्न सकिने


काठमाडौं । एलन मस्कले कम्पनी खरीद गरेसँगै ट्वीटरमा विभिन्न परिवर्तनहरु लगातार भैरहेका छन् । कतिपय परिवर्तनहरु प्रयोगकर्ताको तीव्र आलोचनाको शिकार बनिरहेका छन् ।

तर ट्वीटरमा गरिएका केही परिवर्तनप्रति भने प्रयोगकर्ताको सकारात्मक प्रतिक्रिया पनि आउने गरेको छ ।
यसैबीच ट्वीटरले पछिल्लो पटक प्रयोगकर्ताको वाहवाही पाउने खालको घोषणा गरेको छ । कम्पनीका अनुसार प्लाटफर्ममा केही बहुप्रतिक्षित फिचरहरु निकट भविष्यमै थप हुँदैछन् ।

ट्वीटरका अनुसार यसको डाइरेक्ट मेसेज अर्थात् डिएम फिचरमा अत्यन्तै आवश्यक ठानिएको परिवर्तन गरिँदैछ जस अन्तरगत डिएमभित्र डिएम रिप्लाइज फिचर थपिनेछ ।
यसबाट प्रयोगकर्ताले आफ्नो ट्वीटरमा कसैले पठाएको डाइरेक्ट मेसेजको जवाफ दिन सक्दछन् । यसले ट्वीटरमा हुने संवादलाई सरल तथा सहज बनाउनेछ ।

 

 

 


क्याटेगोरी : विज्ञान, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट