Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

बङ्गालको खाडीमा चक्रवात विकसित, नेपालमा कस्तो असर पर्ला ?


काठमाडौं । बङ्गालको खाडीमा विकसित भएको चक्रवातको असर नेपालमा पनि केही पर्नसक्ने हुन्छ । बंगालकोखाडीबाट नै मनसुन नेपालमा भित्रने भएकोले त्यहाँ हुने गतिविधिले नेपालमा प्रभाव पर्ने गरेको पाइन्छ ।

यद्यपी यसपटक  बङ्गालको खाडीमा बनेको ‘मोखा’ नामक चक्रवातको बहाव आजदेखि म्यानमार र बङ्लादेशतर्फ सरेकाले नेपालमा खासै असर नपर्ने मौसमविद् गोविन्द झाले जानकारी दिए ।

उनका अनुसार यो प्रणाली उत्तरपश्चिम हुँदै आइरहेको भए नेपालमा मौसम बदली भइ पानी पर्ने सम्भावना रहन्थ्यो । तर आजदेखि उत्तर पूर्वी क्षेत्र हुँदै बहिरहेकाले नेपालमा खासै खसर पर्ने देखिएको छैन । यो प्रणालीका कारण मधेस र कोशी प्रदेशका केही ठाउँमा भने आंशिक रुपमा मौसम बदली हुने सम्भावना छ ।

पर्सि आइतवारदेखि यो प्रणाली हट्ने अनुमान छ । यस्तै, आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहेको मौसमविद्ले बताएका छन् । स्थानीय वायुको प्रभावका कारण बेलुकीपख भने पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट