Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बेवारिसे अवस्थामा फेला पारिएका पुष्पा र अञ्जलीलाई जङ्गलमा छाडिने


चितवन, ३१ वैशाख । बेवारिसे अवस्थामा फेला पारिएको एक सिंगे गैँडाका बच्चा पुष्पा र अञ्जलीलाई प्राकृतिक रूपमा जङ्गलमा छाड्न नियन्त्रणमा लिइएको छ । प्रकृति संरक्षण कोषले पुष्पा र अञ्जलीलाई सौराहामा हुर्काएको थियो ।

ठुलो भएपछि जङ्गलमा पठाउने गरी आज नियन्त्रणमा लिइएको हो यी गैँडाका दुई बच्चालाई निकुञ्जमै पुनः स्थापित गर्न स्थानान्तरण गर्न लागिएको हो । “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णय अनुसार हामीले आजै (आइतबार) पुष्पा र अञ्जलीलाई निकुञ्जकै लामि ताल क्षेत्रमा लगेर छाड्ने तयारी गरी रहेका छौ”, निकुञ्जका पशु चिकित्सक डा विजय श्रेष्ठले भने ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट