Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सप्तरीमा हत्या गरिएको अवस्थामा एक युवकको शव खेतमा भेटियो


सप्तरी, ३१ वैशाख । सप्तरीको रुपनी गाउँपालिका १ स्थित खेतमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

मृत फेला परेका युवक शम्भुनाथ नगरपालिका २ का २४ वर्षीय मो. तफेजुल रहेको स्थानीय राजु पासवानले जानकारी दिए । रातिमा कुटपिट गरी उनको हत्या गरिएको देखिएको उनले बताए । गाउँलेले युवक तफेजुलको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । त्यसपछि घटनास्थल पुगेको प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल राजविराज लग्ने तयारी गरेको छ ।

प्रहरीका अनुसार हत्या कसले गरेको भन्नेबारे केही खुल्न सकेको छैन ।


क्याटेगोरी : जनमञ्च, समाचार, मधेस प्रदेश
ट्याग : #hatya

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट