Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जुम्लामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु


जुम्ला, २ जेठ । जुम्लामा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु् भएको छ भने दुई जना घाइते भएका छन्।

विमानस्थलदेखि तातारासीको उर्थुतर्फ जाँदै गरेको क १ ह १५ नम्बरको अटो दुर्घना हुदा चन्दननाथ नगरपालिका १० गैरागाउँका ४२ वर्षीय मेघराज न्यौपानेको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले बताए।

उनले भने‚ ‘पातारासी गाउँपालिका ३ का कृष्ण बोहरा र अटोचालक चन्दननाथ नगरपालिका ९ का गोविन्द सार्की घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट