Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रहरी हिरासतको शौचालयमा लडेर आङटावा शेर्पा घाइते


काठमाडौं, २ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका आङटावा शेर्पा हिरासतको शौचालयमा लडेर घाइते भएका छन् । मंगलबार शौचालयमा लडेका उनको टाउकोमा चोट लागेको हो ।

प्रहरीले उपचारका लागि शेर्पालाई ट्रमा सेन्टरमा लगेर उपचार गरेको छ । शेर्पाको टाउकोमा नौ टाँका लगाइएको छ । हाल उनको अवस्थामा सामान्य रहेको र उपचारपछि जिल्ला प्रहरी प्रहरी परिसर टेकुमै ल्याइएको जानकारी एसपी सीताराम रिजालले दिए ।

यो प्रकरणमा नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन् ।

 


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट