Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

महोत्तरीबाट भरुवा बन्दुकसहित तीनजना पक्राउ


जनकपुरधाम । महोत्तरीबाट दुईथान भरुवा बन्दुकसहित तीनजना पक्राउ परेका छन् ।

वनपथ राष्ट्रिय वन क्षेत्रभित्र शिकार खेल्न गएको बेला मंगलबार साँझ ५ बजे तीन जनालाई इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सर्लाहीको ईश्वरपुर नगरपालिका १२ बस्ने ३५ वर्षीय लालबहादुर भोलन, ३० वर्षीय प्रेम बहादुर भोलन र ३८ वर्षीय अमिर स्याङ्तान छन् । लालबहादुर र प्रेम बहादुरको साथबाट भरुवा बन्दुक बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा उनीहरु बन्दुक बोकेर सिकार खेलिरहेको जानकारी पाएपछि प्रहरीले पछ्याएको थियो । भाग्ने क्रममा पक्राउ गरेर उनीहरुमाथि थप अुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट