Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

साफ च्याम्पियनशिपः नेपाल र भारत एउटै समूहमा


काठमाण्डौं, ३ जेठ । दक्षिण एसियाली फुटबल महासङ्घले आयोजना गर्ने साफ च्याम्पियनशिपको समूह चरणको ‘ड्र’ सार्वजनिक भएको छ ।

बुधवार सार्वजनिक भएको ‘ड्र’ अनुसार नेपाल र भारत एउटै समूहमा परेका छन् । समूह ‘ए’ मा नेपाल र भारतसँगै कुवेत र पाकिस्तान रहेका छन् । समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।

साफ च्याम्पियनशिप आउँदो असार ६ देखि १८ गतेसम्म भारतमा हुनेछ । नेपाल प्रतियोगिताको साविक उपविजेता हो भने भारत साविक विजेता हो । फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्धका कारण यो संस्करणमा श्रीलङ्का रहेको छैन । यो संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रूपमा खेल्ने छन् ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट