Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

दाङको देउखुरीमा दुई बस एकआपसमा ठोकिंदा एक जनाको मृत्यु, २३ जना घाइते


दाङ । दाङमा भएको सवारी दुर्घटनामा परी एक जनाको मुत्यु भएको छ । दाङको देउखुरीमा शुक्रबार बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको मुत्यु भएएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार रोल्पा रुन्टीगढी– ७ निवासी ४३ वर्षीया सोभा परियारको घटनास्थलमा नै मृत्यु भएको हो । सो दुर्घटनामा परी २३ जना घाइते हुन पुगेका छन् ।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा बिहान एक आपसमा ठोक्किएर सो दुर्घटना भएको हो ।

भालुवाङतर्फ जाँदै गरेका बसका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते हुन पुगेका छन । दुई दर्जनभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । जसमा ११ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्जलगायतका स्थानमा पठाइएको छ ।

 

 

 


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट