Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आम्दानीको स्रोत काफल


डोटी, ५ जेठ । डोटीको ग्रामीण क्षेत्र र राजमार्ग आसपास बस्ने न्यून आयस्रोत भएका परिवारका लागि काफल अहिले आम्दानीको स्रोत बनेको छ । विशेषत विपन्न परिवारका महिलाहरुले यो समयमा पाक्ने काफल बेचेरै खर्चको जोहो गर्ने गरेका छन् ।

भिमदत्त राजमार्गदेखि पहलमानसिंह स्वाँर राजमार्ग आसपासका क्षेत्रमा अहिले जङ्गली फल काफल बेच्नेको ताँती नै लाग्ने गरेको छ । उनीहरुले काफल बेचेर दैनिक पाँच सय रुपैयाँदेखि चार हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

बजार तथा राजमार्गमा काफल बेचेर राम्रै आम्दानी गर्ने गरेको जोरायल गाउँपालिका–१ गैराकी भगवती साउदले बताए । दिनभरी टिपेको काफल भोलिपल्ट बिहानै पिपल्ला, गैरा, बुडर, राजपुर, बग्लेक, सिलगढी, दिपायल लगायतका बजारमा लगेर बेच्ने गरेको उनले बताए ।

अहिले काफल हुने मौसममा राम्रो आम्दानी भइरहेको शिखर नगरपालिका–१ कपल्लेकी खगीदेवी ऐर बताउँछिन् । उनले भनिन्, ‘हामी एक महिनामा १५ दिन काफल टिप्न जाने र १५ दिन काफल बेच्ने गर्छौँ, अहिले काफल बिक्री गरेरै हाम्रो घर खर्च चलेको छ।’

बजारमा एक माना काफल ५० रुपैयाँमा बेच्ने गरेको उनले बताए । काफल बेचेर आएको पैसाले नुन, चिनी, साबुन, बालबालिका लागि कापी कलम, झोला लगायत दैनिक घर खर्च टार्न पुगेको उनीहरु बताउँछन् ।


क्याटेगोरी : अर्थ, जनमञ्च, समाचार, सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट