Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

धनगढीमा कोठाभित्र झुण्डिएको अवस्थामा एक डाक्टर मृत फेला


धनगढी, ५ जेठ । धनगढीमा एक डाक्टर मृत फेला परेकी छिन् ।

धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीया डा. प्रसन्ना शाह मृत फेला परेकी हुन् । उनी आफ्नो घरमा मृत भेटिएकी हुन् ।

शाहको शव बन्द कोठाभित्र झुण्डिएको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले बताए । उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य, सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट