Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

वेवारिसे बिरामीको निःशुल्क उपचार नगर्ने अस्पताललाई काठमाडौं महानगरद्वारा कारबाहीको चेतावनी


काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाले विपन्न असाहाय तथा वेवारिसे बिरामीको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाहीको चेतावनी दिएको छ । महानगरले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को परिच्छेद २४ अनुसार १० प्रतिशत शैया नछुट्याउने र निःशुल्क उपचार नगराउने अस्पताललाई यस्तो चेतावनी दिएको हो ।

लक्षित नागरिकको निःशुल्क उपचार, बिरामीमैत्री सेवा, कर्मचारीहरूलाई नियमबमोजिम न्यूनत्तम पारिश्रमिक, फोहोरमैला व्यवस्थापन तथा क्यान्टिनको खाद्य गुणस्तर पनि मापदण्ड अनुसार गर्न महानगरले आग्रह गरेको छ ।

अनावश्यक प्रयोगशाला परीक्षण सिफारिस नगर्न र लक्षित वर्गले निःशुल्क सेवा पाएको विवरण सार्वजनिक गर्न पनि महानगरले निर्देशन दिएको छ । मापदण्ड र नियमबमोजिम नगर्ने अस्पताललाई स्थानीय सरकार संचालन ऐन २०७४ दफा ११ अनुसार कारबाही गरिने महानगरले जनाएको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार, स्वास्थ्य, बाग्मती प्रदेश
ट्याग : #hospital

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट