Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बेनी–जोमसोम सडकखण्ड पहिरोले अवरुद्ध


जोमसोम, ७ जेठ । राष्ट्रिय गौरवको ७६ किमी बेनी–जोमसोम सडकखण्ड आइतबार बिहानैदेखि अवरुद्ध भएको छ। गएराती परेको अविरल वर्षाका कारण राष्ट्रिय राजमार्गको म्याग्दी खण्डमा ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको बेनी–जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिए।

यसवर्ष बर्खायाम सुरु नहुँदै मनसुन सुरु भएको छ। अविरल वर्षाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित गोइठेदेखि जलथले खोलासम्मको सडक पहिरोले अवरुद्ध बनेको सडक सुपरभाइजर शेरचनले बताए। ‘गएरातीको पहिरोले ठाउँ ठाउँमा सडक संरचनामा क्षति पुगेको छ, सडक ३ स्थानमा केही बढी क्षति देखिएको छु, सुपरभाइजर शेरचनले भने, ‘ सडक खुलाउने तयारी भइरहेको छ, संम्भवत साँझसम्ममा सडक सूचारु हुन्छ होला।’

उनले म्याग्दीको अन्नपूर्ण गापा ३ र २ मा पर्ने राजमार्ग सडक पहिरोले अवरुद्ध भएको जनाए। उनका अनुसार म्याग्दीको अन्नपूर्ण(२ भुरुङ तातोपानी नजिक १५ मिटर लामो कल्र्भट पुल बाढी–पहिरोले भासिएको छ।

यसैगरी नेपालगञ्जदेखि मुक्तिनाथ दर्शन गर्न आएको तिर्थालु सवार गाडी सम्भावित विपदबाट जोगिएको सुपरभाइजर शेरचनले बताए। गएरातीको वर्षाले बेनीजोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङबाट पोखरा(काठमाडौं जाँदै गरेका र पोखराबाट मुस्ताङ जाँदै गरेका यात्रुवाहक सवारी साधनहरु गन्तब्यमा पुग्न सकेका छैनन्।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #road

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट