Techie IT
  • १ साउन २०८१, मंगलबार
Jhilko

गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी


गोरखा, ७ जेठ । गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ७ स्थित बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ।

आइतबार बिहान करिब ४ः३० बजे बिजुली सर्ट भई आगलागी भएको हो। वडाध्यक्ष शरण श्रेष्ठका अनुसार आगलागीबाट स्वास्थ्य चौकीको माथिल्लो तलामा रहेको स्टोर, प्रशासन कक्ष र महत्वपूर्ण कागजात र साम्रगी जलेर नष्ट भएको छ।

वडा नम्बर ७ र ८ का स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनप्रनिनिधि लगायतले आगो नियन्त्रणमा लिएका छन्।

स्वास्थ्य चौकी प्रमुख बिमला पुलामीका अनुसार बिहान ६ः३० बजे आगो नियन्त्रणमा लिइएको हो। जेठ ९ गतेसम्मका लागि आकस्मिकबाहेक सेवा बन्द रहने उनको भनाइ छ। औषधिलगायत सामग्री जुटाउने काम भइरहेको छ।


क्याटेगोरी : समाचार, स्वास्थ्य, बाग्मती प्रदेश
ट्याग : #gorkha

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट