Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बैंकिङ कसूर मुद्दामा दुई दिन कैद सजाय ठहर भएका सिन्धुलीका हेमकुमार श्रेष्ठ पक्राउ


काठमाडौं, ८ जेठ । बैकिङ कसूर मुद्दामा फरार रहेका सिन्धुली हरिहरपुरगढी गाउँपालिका-३ का हेमकुमार श्रेष्ठलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०८० बैशाख ४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ लाख रूपैयाँ जरिवाना, क्षतिपूर्ति शुल्क २४ हजार रूपैयाँ राहत कोषमा जम्मा गराउनुपर्ने र दुई दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई मिनभवनबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार, बाग्मती प्रदेश
ट्याग : #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट