Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आइसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल र वेस्टइन्डिज एउटै समूहमा


काठमाडौं, ९ जेठ । आगामी १८ जुन देखि ९ जुलाईसम्म जिम्बावेमा हुने आइसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्टइन्डिज र नेपाल एउटै समूहमा परेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले विश्वकप छनोटको समूह विभाजनका क्रममा नेपाल दुई पटकको विश्वकप विजेतासँगैको समूहमा परेको हो । आइसीसीका अनुसार समूह ‘ए’ मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स परेका छन्।

समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलंका, यूएई र स्कटल्यान्ड परेका छन्। तालिका अनुसार नेपालले छनोटको पहिलो खेल घरेलु टोली जिम्बावेसँग १८ जुनमा खेल्ने भएको छ।

दोस्रो खेलमा २० जुनमा नेपाल अमेरिकासँग आमनेसामने हुनेछ। तेस्रो खेल नेपालले वेस्टइन्डिजसँग २२ जुनमा खेल्ने भएको छ। त्यस्तै चौथो खेल नेपालले २४ जुनमा नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। यो छनोटअन्तर्गत समूह चरणमा शीर्ष तीनभि परे नेपालले सुपर सिक्स यात्रा तय गर्नेछ।

सुपर सिक्समा दुवै समूहका शीर्ष तीन टिम हुनेछन्। सुपर सिक्समा सबैले एक अर्काविरुद्ध खेलेर शीर्ष दुई टोली यही वर्ष अक्टोबर र नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा पुग्ने छन्। सुपर सिक्समा नपुगे प्लेअफ अवसर पनि हुनेछ।

छनोटको फाइनल भिडन्त जुलाई ९ मा हुनेछ। नेपालले यसका लागि २२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको छ। अबको एक सातामा अन्तिम टोली घोषणा गरेर नेपाल दक्षिण अफ्रिका गएर नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल खेल्ने तालकिा छ। त्यसपछि नेपाल जिम्बाब्वेतिर लाग्नेछ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #cricket

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट