Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

युग सुहाउँदो शिक्षण विधिको विकासबारे ३ दिने कार्यशाला सुरु


काठमाडौं  । युग सुहाउँदो शिक्षण विधिको विकासका शिक्षक र प्राध्यापकको कार्यशाला सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा राजधानीको सिनामंगल स्थित सेन्ट्रल कलेजले तीनदिने कार्यशाला आयोजना गरेको हो ।

सोमबारदेखि सुरु भएको ’२१ औंशताब्दीको शिक्षाः योजना, आवश्यकता र कार्यान्वयन’विषयक कार्यशालाको खुलाविश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. गोविन्दसिंह विष्टले उद्घाटन गरेका हुन् । कार्यशाला उद्घाटन गर्दै रजिष्ट्रार विष्टले शिक्षक प्राध्यापकहरु शिक्षण विधिबारे अपडेट हुनुपर्ने आवश्यकता औंल्याए ।

समयानुकूल शिक्षण विधि अवलम्बन गर्नुपर्ने प्रष्ट पार्दै उनले आफूले जानेका कुरा जुन विधिबाट विद्यार्थीले बुझ्छन्, सोही विधिअनुसार अध्यापन गर्नुपर्नेमा जोड दिए । यसका लागि जड हुनुभन्दा नयाँ तरीकाहरुको विकास गर्नुपर्ने उनको भनाइ छ ।

रजिष्ट्रार प्राडा विष्टले विद्यार्थी र विश्वविद्यालय दुवै प्रमाणपत्र केन्द्रित हुँदा सिकाइ प्रभावकारी हुन नसकेको प्रति चिन्ताव्यक्त गरे । शिक्षण सिकाइ प्रमाणपत्रका लागि मात्र नभई सिक्न र क्षमता विकासका लागि हुनुपर्ने उनले बताए । गरेर सिक्ने सिकाइका लागि सबैले हातेमालो गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

उनले विद्यार्थीहरु विदेशिँदा विश्वविद्यालयका कक्षाहरु विस्तारै रित्ताहुँदै गएका खुलासा गर्दै विद्यार्थीलाई सिकाउने र टिकाउने एवं देशमै बस्न प्रेरित गर्ने शिक्षण सिकाइले मात्र देश निर्माणमा सहयोग पुग्ने प्रष्ट पार्दै त्यसका लागि सबैले आफ्नो तर्फबाट योगदान गर्नुपर्ने बताए ।

उक्त अवसरमा सेन्ट्रल कलेजका प्रिन्सिपल पारस श्रेष्ठले कार्शालाको औचित्व र महत्वमाथि प्रकाश पारेका थिए ।

राजधानीका विभिन्न कलेजमा शिक्षण कार्यमा संलग्न ३ दर्जन बढी शिक्षक र प्राध्यापकको सहभागिता रहेको कार्यशालामा प्राध्यापकहरु पूर्ण लामिछाने, विश्वराज जोशी र गोविन्दन् यौपानेले २१औं शताब्दीमा शिक्षण विधिको योजना, अनुगमन र कार्यान्वयनबारे सहभागीलाई प्रशिक्षण दिएका थिए । कार्यशाला बुधवारसम्म चल्ने बताइएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट