Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

सगरमाथा आरोहणका क्रममा मृत्यु हुने २ जनाको शव भेटियो


सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा आरोहणका मृत्यु हुने दुई जना आरोहीको शव भेटिएको छ ।

यही जेठ ५ गते सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका मलेसियाका नागरिक ५६ वर्षीय अग अस्कन्ड्रा बिन अम्पुआन याकूब र वैशाख ३१ गते ज्यान गुमाउने मालडवाका नागरिक ४६ भिक्टर व्रिन्चको आज बुधवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

फेला परेका शवमध्ये मलेसियाका याकूबको शव हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको र मालडवाका व्रिन्चको शव ल्याउन बाँकी रहेको प्रहरी निरीक्षक रामकिशोर शाहले बताए ।

 


क्याटेगोरी : पर्यटन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट