Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चर्को विरोधपछि कोशी प्रदेशका सांसदलाई ल्यापटप बाँड्ने योजना फिर्ता


बिराटनगर । कोशी प्रदेशको प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू सहित नागरिक अगुवाले चर्को विरोध गरेपछि कोशी प्रदेशको प्रदेश सभाले सय वटा ल्यापटप खरिद गर्ने योजना फिर्ता लिएको छ।

सांसदहरूलाई बाँड्न भनेर टेन्डर आह्वान गरिएको ल्यापटप खरिदको टेन्डर रद्द गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

मुलुक आर्थिक संकटमा रहेको बेला प्रदेश सरकारले रकमान्तर गरेर पैसा दिएपछि प्रदेशसभा सदस्यलाई डेढ करोड रुपैयाँ बराबरको ल्यापटप वितरण गर्न प्रदेशसभा सचिवालयले टेण्डर आह्वान गरेको थियो ।

सांसदहरू र नागरिक तहबाट पनि सो निर्णयको विरोध भएपछि सत्तारूढ एमालेको संसदीय दलले पनि ल्यापटप खरिद गर्ने निर्णय फिर्ता लिन प्रदेशसभा सचिवालयलाई आग्रह गरेको थियो।

प्रमुख दल र सांसदहरूले नै विरोध गर्दै ल्यापटप नलिने घोषणा गरेपछि ल्यापटप खरिद गर्ने निर्णयबाट प्रदेशसभा पछि हटेको हो।

 


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट