Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको संसदमा जवाफ दिने


काठमाडौं । प्रतिनिधि सभा बैठकमा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज जवाफ दिँदैछन्।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ। आजको बैठकमा राष्ट्रपतिले जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति, तथा कार्यक्रममाथि छलफल जारी रहने र त्यसपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख छ।

प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ। जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था पनि छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट