Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जनकपुरका वडाअध्यक्ष र सचिवमाथि भ्रष्टाचार मुद्दा दायर


जनकपुरधाम, १२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाम उपमहानगरपालिकाका एक वडाध्यक्ष र वडासचिवमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार रायमाथि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो।

उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी निवेदनका आधारमा अख्तियारको बर्दिवास कार्यालयबाट खटेको टोलीले दुवै जनालाई सेवाग्राहीबाट ५० हवार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार अनुसन्धानको क्रममा दुबैजनाले घुस माग गरी लिएको पुष्टि भएकाले शुक्रबार अदालतमा आरोपपत्र दायर गरिएको हो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा उनीहरूलाई बिगो ५० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) वमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिइ आरोपपत्र दायर गरिएको प्रवक्ता दाहालले जनाएका छन्।

 


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट